दीक्षित स्मारक कोषद्वारा विद्यार्थी पुरस्कृत

चिकित्साशास्त्रमा विशिष्ट स्थान हासिल गर्ने दुई विद्यार्थी स्वर्ण पदकबाट पुरस्कृत भएका छन् । त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थानअन्तर्गत नाक, कान तथा घाँटी विषयको स्नातकोत्तर तह, २०७४ मा प्रथम स्थान हासिल गरेका विज्ञानराज ज्ञवालीलाई स्वर्ण पदक प्रदान गरिएको हो ।