भरतपुरका अत्यावश्यक कार्यालयमा वैकल्पिक बिजुली, कुलमान आफैँ 'फिल्ड' मा

चितवन – चितवनको भरतपुर महानगरपालिकामा बिजुली आउन अझै आठ/दश घण्टा लाग्ने भएको छ । भरतपुर महानगरपालिकाको बसेनी ग्रिड सबस्टेशनको पावर ट्रान्सफर्मरहरूमा समस्या आउँदा भरतपुर महानगरपालिकाको १ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा हिजो मङ्गलवार दिउँसोदेखि विद्युत् आपूर्ति बन्द भएको छ ।  हिजो दिउँसोदेखि राति पनि नभनी काम भइरहेको र आज राति बिजुली दिन सक्ने सम्भावना रहेको प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले उज्यालोलाई जानकारी दिनुभयो । ट्रान्सफर्मर ...