कोभ्याक्स कार्यक्रमलाई खोप अभाव : डब्ल्यूएचओ

८ असार, काठमाडौं । विश्वका गरीब मुलुकलाई कोरोना भाइरसविरुद्धको खोप पुर्‍याउने उद्देश्यले ल्याइएको कोभ्याक्स कार्यक्रमलाई खोपको अभाव भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ । डब्ल्यूएचओका वरिष्ठ सल्लाहकार डा. ब्रुस आयलवार्डले अहिलेसम्म कोभ्याक्स कार्यक्रममार्फत १३१ मुलुकमा ९ करोड डोज खोप वितरण गरिएको छ । यद्यपि अझै पनि धेरै मानिसले कोरोना खोप पाउन सकेका छैनन् । […]