गोरखाको चित्रेपोखरीमा ग्लोबल आईएमई बैंकको एक्सटेन्सन काउन्टर विस्तार

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले गोरखाको सिरानचोक गाँउपालिका–५ स्थित चित्रेपोखरीमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै सिरानचोक शाखाको मातहतमा रहनेगरी एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । ५०औं एक्सटेन्सन काउन्टरको रुपमा सञ्चालनमा ल्याइएको सो काउन्टरको उद्घाटन नेपाल राष्ट्र बैंकका सञ्चालक समितिका सदस्य […]