विराटनगरको विकासमा विश्व बैंकले सघाउने

। विश्व बैंकका प्रतिनिधि वरिष्ठ अर्थशास्त्री एलिस जे ब्रुक्स नेतृत्वको टोलीले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई भेटेर विराटनगरको विकासमा सघाउन तयार रहेको जनाएको हो।...

सम्बन्धित सामग्री

अर्काले विकास गर्दिने आश राख्नु गलत : एसडी मुनि

विराटनगर। जवाहरलाल नेहरू विश्वविद्यालयका पूर्वप्राध्यापक तथा भारतीय कूटनीतिज्ञ एसडी मुनिले नेपालको विकास कुनै छिमेकी मुलुकले गरिदिन्छ भनेर अपेक्षा राख्नु गलत भएको बताएका छन् । उनले नेपालीले आफ्नो देशको विकास आफै गर्नुपर्ने सुझाव दिए । विराटनगरको एलिट क्लबमा आयोजित ‘नेपाल भारत सम्बन्धका नयाँ आयाम’ विषयक अन्तरक्रियामा उनले त्यस्तो टिप्पणी गरेका हुन् । ‘विश्वकै प्रभावशाली बन्ने क्रममा रहेको भारतले विकासमा पछि परेको छिमेकीलाई सहयोग गर्नु पर्दैन’ भन्ने प्रश्नको जवाफ दिने क्रममा मुनिले विकासमा अरूको अपेक्षा गर्नुभन्दा आफै सक्षम हुनुपर्ने सुझाव दिए । उनले भारत वा चीनले विकास गरिदेला भनेर आशामा बस्न नहुने बताए ।  ‘कुनै पनि छिमेकीले तपाईंको घरभित्र विकास ल्याएर दिँदैन । भारत र चीन दुवैले आफ्नै बलले माथि उठेर अर्थतन्त्र ठूलो बनाएका हुन्, विकास गरेका हुन्,’ उनले भने । नेपालले पनि आफ्नो सम्भावनालाई अघि बढाएर विकासित बन्नुपर्ने उनको सुझाव छ । उनले नेपालको पानी सयौं वर्षदेखि बगेर गंगा र बंगालको खाडीमा पुगेर बाफ बनिरहेको तर नेपालले त्यसको उपयोग गर्न नसकेको बताए । नेपालले पर्यटनमा सबैभन्दा बढी सम्भावना बोके पनि खासै प्रगति गर्न नसकेको भन्दै उनले यी दुई क्षेत्रमा नेपालको भविष्य उज्ज्वल रहेको बताए ।  आफूले विद्यावारिधि गर्ने बेलामा गिरिजाप्रसाद कोइरालासँग विराटनगर आएको र मातृका कोइरालासँग कोशी ब्यारेज अवलोकन गर्न गएको प्रसंग जोड्दै मुनिले विराटनगरसँग आफ्नो पुरानो साइनो रहेको बताए । त्यो बेलामा भारतीय इन्जिनीयरले पुल निर्माणका क्रममा गरेको गल्तीबारे मातृका कोइरालाले आफूलाई जानकारी गराएको समेत उनले स्मरण गरे । अर्काे राजनीतिक प्रसंगमा मुनिले आफू नेपालमा राजतन्त्र फर्कनुपर्छ भन्ने पक्षमा नरहेको बताए । उनले आफू गणतन्त्रको पक्षमा रहेको प्रस्ट्याउँदै गणतन्त्रभित्र मौलाएका विकृति भने निमूल पार्नुपर्ने बताए । जनताको अपेक्षाअनुसार गणतन्त्र चल्नुपर्नेमा उनले जोड दिए ।  गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने भन्दै मुनिले सयौं वर्ष राजाले शासन गर्दा नभएको विकास अब राजा ल्याए हुन्छ भनेर विश्वास गर्न नसकिने बताए । गणतन्त्रमा केही समस्या भए त्यसलाई सुधार गरेर अघि बढ्नुको विकल्प नरहेको उनको भनाइ छ । नेपाल समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई जवाहरलाल नेहरू विश्वविद्यालयका विद्यार्थी भए पनि आफ्नो शिष्य नभएको वा आफूले उनलाई नपढाएको मुनिले बताए । बरु नेपालबारेका कतिपय विषयमा आफूले बाबुरामलाई सोध्ने गरेको उनले खुलाए । नेपालमा आफूलाई माओवादी भन्ने गरेको बारे मुनिले भने, ‘म कुनै वादी होइन एउटा सामान्य प्राध्यापक मात्र हुँ ।’

अर्थतन्त्र संकटमा होइन दबाबमा छ : प्रधानमन्त्री

विराटनगर। प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको अर्थतन्त्र अहिले संकटमा नभई दबाबमा मात्र रहेको दाबी गर्नुभएको छ । मोरङ व्यापार संघले आयोजना गरेको ‘ट्रेड एक्स्पो २०२३’ को शुक्रवार विराटनगरमा उद्घाटन गर्दै दाहालले अर्थतन्त्रका महत्त्वपूर्ण सूचकमा क्रमिक सुधार आएको बताउनुभयो । अहिले अर्थतन्त्र संकटमा रहेको भाष्य सृजना गरेर उद्योगी व्यवसायी र सर्वसाधारणलाई निराश पार्ने प्रयत्न भइरहेको र त्यसलाई चिर्न जरुरी रहेको प्रधानमन्त्री दाहालले बताउनुभयो । मूल्यवृद्धि नियन्त्रणमा रहेको, राजस्व बढ्न थालेको, विदेशी मुद्राको सञ्चिति बढेको र भुक्तानी सन्तुलन सहज बनेकाले मुलुकको अर्थतन्त्र संकटमा नभई दबाबमा रहेको दाहालको दाबी थियो । वार्षिक औसत महँगीदर ७ दशमलव ११ प्रतिशत रहेकोमा अघिल्लो महीना त्यसमा कमी आई ५ दशमलव ३८ प्रतिशतमा झरेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले भुक्तानी सन्तुलनका दृष्टिले समेत राम्रो प्रगति हुँदै गएको बताउनुभयो । निर्माण व्यवसायीको भुक्तानी गर्न बाँकी रकम भुक्तानीको प्रक्रिया समेत अगाडि बढेको जानकारी उहाँले दिनुभयो । ‘निर्माण व्यवसायीले भुक्तानी पाएसँगै अर्थतन्त्र चलायमान हुनेछ भने अर्कातर्फ नयाँ आयोजनाको निर्माण प्रक्रियाले गति लिनेछ,’ उहाँले भन्नुभयो, ‘अर्थतन्त्र सुधारका दृष्टिले यो आफैमा महत्त्वपूर्ण पहल हो ।’ निजीक्षेत्रको प्रतिनिधि संस्था मोरङ व्यापार संघले विगतका वर्षमा समेत राष्ट्रिय एवं अन्तरराष्ट्रियस्तरका मेला, महोत्सवको आयोजना गरी यस क्षेत्रको उत्पादनमा प्रोत्साहन, व्यापार प्रवर्द्धन एवं अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको प्रधानमन्त्री दाहालले बताउनुभयो । देशको अर्थतन्त्र चलायमान गराउन प्रदेशका कृषिजन्य वस्तु प्रवर्द्धन एवं स्वदेशी उत्पादन बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । प्रदेशका पर्यटकीय एवं धार्मिक गन्तव्यको प्रचार–प्रसारलगायत प्रवर्द्धनात्मक कार्यका लागि यस्ता मेलाले सहयोग पुर्‍याउने विश्वास उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा कांग्रेस नेता डा. शेखर कोइरालाले प्रजातान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेको विराटनगरले अहिलेसम्म कसैसँग केही नमागी अघि बढ्दा राज्यले ध्यान नदिएको गुनासो गरेका थिए । पञ्चायतकालमा राज्यले विराटनगरलाई हेला गरे पनि यहाँको निजीक्षेत्रले संरक्षण गरेको भन्दै कोइरालाले अब विराटनगरलाई राज्यले हेर्नुपर्ने बताए । विराटनगरको चक्रपथलाई बहुवर्षीय योजनामा राखेर निर्माण गर्न र विमानस्थललाई क्षेत्रीय स्तरको बनाउन प्रधानमन्त्रीलाई उनले आग्रह गरे । बैंकहरूले किसानलाई सहुलियतमा कर्जा नदिएको उल्लेख गर्दै उनले राष्ट्र बैंकका गभर्नरसँग कुरा गरेर समस्याको समाधान गर्न समेत दाहाललाई आग्रह गरेका थिए । मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले प्रधानमन्त्री दाहालसमक्ष विराटनगरमा स्थायी प्रदर्शनी स्थल निर्माण गर्न, कार्गो रेलमार्गको सन्धिमा परिमार्जन गर्न, उद्योगमा भइरहेको विद्युत् कटौती रोक्न र विराटनगरको निर्माणाधीन चक्रपथ चाँडो निर्माण गराउन आग्रह गरेका थिए । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले शिक्षा र स्वास्थ्यको केन्द्रबिन्दु बन्दै गएको विराटनगरलाई पर्यटकसँग जोडेर योजनाबद्ध विकास गर्नुपर्ने बताए । त्यस अवसरमा प्रधानमन्त्री दाहालले उद्योगी महेश जाजुलाई सम्मान गर्नुभएको थियो । विराटनगर महानगरपालिका–२ स्थित शंकरपुरमा अवस्थित सो मेलामा नेपाल, भारत, बंगलादेश र पाकिस्तानका २४० ओटा व्यापारिक कक्ष रहेका छन् । मेला पुस १६ गतेसम्म रहने संघका उपाध्यक्ष अनिल साहले जानकारी दिए ।

‘अरू शहरले प्रगति गरे विराटनगर उस्तै रह्यो’

देशका अरू क्षेत्र विकासमा पछिपरेका बेला विराटनगरले ‘आर्थिक राजधानी’ को ट्याग पाएको थियो । तर, अहिले धेरै ठाउँमा नयाँ–पुराना शहर बसे, अरूले विराटनगरलाई उछिने ।

विराटनगरको विकासका लागि समन्वय गर्छु : अमेरिकी राजदूत

विराटनगर । नेपालका लागि अमेरिकाका राजदूत डिन आर थम्सनले विराटनगरको विकासका लागि अमेरिकी सरकारसँग समन्वय गर्ने बताएका छन् । बिहीवार विराटनगर महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीसँगको शिष्टाचार भेटमा राजदूत थम्सनले विराटनगरको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा सहयोगका लागि अमेरिकी सरकारसँग आफूले समन्वयकारी भूमिका निर्वाह गर्ने बताएका हुन् । शिक्षा र स्वास्थ्यमा सुधार नगरेसम्म विकास सम्भव नभएको राजदूत थम्सनले बताए । उनले विराटनगर महानगरको न्यायिक समितिले गरेका कामकारबाहीप्रति पनि चासो राखेका थिए । साथै खुला सिमानाका कारण महानगरवासीले भोग्नुपरेका समस्या र मानव बेखबिखनका बारेमा पनि जानकारी लिएको मेयर कोइरालाका प्रेस सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिए । उनका अनुसार थम्सनले विराटनगरको विकासका लागि दूतावासका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । भेटमा मेयर कोइरालाले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको सुनाए । केशलिया र सिंघिया खोलाका कारण विराटनगरमा डुबानको समस्या रहेको जानकारी उनले गराए । विराटनगर प्रदेशको स्वास्थ्य र शिक्षाको केन्द्र रहेको उनले सुनाए । साथै प्रदेश–१ मा पर्यटनको प्रचुर सम्भावना रहेको समेत उनले बताए । दूतावाससँगको सम्बन्ध प्रभावकारी बनाउन महानगरका तर्फबाट सम्पर्क अधिकृत रत्नाकर झालाई तोकेको जानकारी गराउँदै उनले दूतावासका तर्फबाट पनि सम्पर्क अधिकारी तोकिदिन आग्रह गरे । उपमेयर कार्कीले न्यायिक समितिले गरेका कामकारबाहीका बारेमा जानकारी गराएकी थिइन् । यस्तै प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले विराटनगर महानगरको विकासका लागि चुनौती र अवसरको विषयमा अवगत गराएका थिए ।

नेता हिँड्न रोक लगाइएको विराटनगरको एउटा सडक !

विराटनगर । प्रदेश नम्बर एकको राजधानी विराटनगरको एउटा सडक भएर नेताहरु हिँड्दैनन् । स्थानीयले नेतालाई बहिष्कार अभियान चलाएका कारण त्यो सडक भएर नेताहरु हिँड्न हिच्किचाउँछन् । खासमा विकासमा गरेको विभेद र बेथितिको विरुद्धमा महानगरबासीले नेता बहिष्कार अभियान सञ्चालन गरेका हुन् ।  विराटनगरको बरगाछी पश्चिमको गणेश चोकदेखि केशलिया खोलासम्मको सडकमा स्थानीयले नेतालाई...

राजनीतिक व्यक्तित्व स्व. कृष्णप्रसाद कोइरालाको सालिक अनावरण

मोरङ – पूर्वराष्ट्रपति डा. रामवरण यादवले विराटनगरको बरगाछी चौकमा राजनीतिक व्यक्तित्व स्व. कृष्णप्रसाद कोइरालाको सालिक अनावरण गरेका छन्। शनिबार विराटनगर महानगरपालिकाको धरान विराटनगर सडकखण्डस्थित चौकमा एक कार्यक्रमबीच पूर्वराष्ट्रपति डा. यादवले प्रजातान्त्रिक आन्दोलनका अगुवा कोइरालाको सालिक अनावरण गरेका हुन्। कार्यक्रममा पूर्वराष्ट्रपति डा.यादवले जहानियाँ राणाशासनको समय औद्योगिक र शैक्षिक विकासमा कोइरालाले योगदान अतुलनीय रहेको बताएका थिए। उनले […]

विराटनगरको बृहत्तर विकासका लागि संगठनको सुझाव

विराटनगर । विराटनगर महानगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरको स्वागत गर्दै उद्योग संगठन मोरङले बृहत्तर विकासलाई ध्यानमा राखेर तत्कालीन र मध्यकालीन रूपमा गर्नुपर्ने कामबारे सुझाव दिएको छ । नवनिर्वाचित मेयर नागेश कोइराला र उपमेयर शिल्पा निरौला कार्कीलाई संगठनको सचिवालयमा स्वागत तथा बधाई ज्ञापन गर्दै संगठनका अध्यक्ष सुयश प्याकुरेलले तत्कालीन कार्ययोजना अन्तर्गत विभिन्न कार्य अघि बढाउन सुझाएका हुन् । संगठनले जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने सडक, खानेपानी, फोहोर व्यवस्थापन, बाढी नियन्त्रण, स्वास्थ्य तथा शिक्षा जस्ता क्षेत्रमा सर्वसाधारणलाई अनुभूति हुनेगरी सुधारका काम गर्न सुझाव दिए । अध्यक्ष प्याकुरेलले अवैज्ञानिक तवरले सडक, नाला लगायत पूर्वाधार निर्माण भएकाले सानोतिनो वर्षामा समेत विराटनगर डुबानमा पर्दै आएको बताए । महानगरपालिकाको पूर्वाधार विकास गर्दा विज्ञहरूको सुझाव लिई दीर्घकालीन सोचका साथ काम गर्न उनले अनुरोध गरे । महानगरको मध्यकालीन योजना अन्तर्गत विराटनगरमा स्थायी किसिमको औद्योगिक प्रदर्शनीस्थलको आवश्यकता रहेकाले संघ र प्रदेश सरकारको सहयोग लिएर निर्माणको अगुवाइ लिन अध्यक्ष प्याकुरेलले आग्रह गरे । रुग्ण अवस्थामा रहेका घरेलु तथा साना उद्योगहरू पुन: सञ्चालनमा ल्याए रोजगारीका अवसर सृजना भई आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने उनले बताए । एकीकृत कर प्रणालीको व्यवस्था, महिला उद्यमीद्वारा उत्पादित वस्तुको विक्रीवितरणका कक्ष निर्माण, स्टार्टअपहरूको प्रवर्द्धनका माध्यमबाट युवाको उद्यमशीलता विकासमा सघाउने कार्यक्रम ल्याउन समेत उनले अनुरोध गरे । नवनिर्वाचित मेयर कोइरालाले औद्योगिक नगरका रूपमा परिचित विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माण आफ्नो प्राथमिकतामा पर्ने भएकाले आफ्नो कार्यकालमा जसरी पनि पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । विराटनगरमा रुग्ण अवस्थामा रहेका कुटिर तथा घरेलु उद्योग नयाँ योजनासहित सञ्चालनमा ल्याउन आफू लागिपर्ने उनले उद्घोष गरे । साथै करका दर घटाउँदै दायरा फराकिलो पार्ने कार्ययोजना रहेको उनले बताए ।

विराटनगरको वृहत्तर विकासमा केन्द्रीत हुन उद्योग संगठनको सुझाव

उद्योग संगठन मोरले विराटनगरको वृहत्तर विकासलाई मध्यनजर गरी तत्कालीन र मध्यकालीनमा कार्यलाई प्राथमिकतामा राख्न नवनिर्वाचित मेयर तथा उपमेयरलाई सुझाव दिएको छ ।संगठनका अध्यक्ष सुयश प्याकुरेलले तत्कालीन कार्ययोजना अन्तर्गत जनतासँग प्रत्यक्ष सम्वन्ध राख्ने सडक, खानेपानी, फोहर व्यवस्थापन, बाढी नियन्त्रण, स्वास्थ्य तथा शिक्षा जस्ता क्षेत्रमा सर्वसाधारणलाई अनुभूति हुने गरी सुधारका कार्य गर्न सुझाव दिए । अध्यक्ष प्याकुरेलले […]

दलीय स्वार्थभन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता

विराटनगर महानगरपालिकाका जनप्रतिनिधिहरूले व्यक्तिगत र दलीय स्वार्थभन्दा माथि उठेर विराटनगरको विकासमा लाग्ने प्रतिबद्धता जनाएका छन्।...

पूँजीगत खर्च नहुँदा विकास गर्न नसकिएको मुख्यमन्त्रीको गुनासो

विराटनगर । पूँजीगत खर्च नहुँदा विकासमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले बताएका छन् । प्रदेश लगानी प्राधिकरण प्रदेश १ विराटनगरको आयोजनामा बुधवार विराटनगरमा भएको कार्यक्रममा मुख्यमन्त्री राईले खर्च बढाउन सर्वपक्षीय सहयोग आवश्यक रहेको बताए । लगानीकर्ताले सहयोग गर्न आवश्यक रहेको भन्दै मुख्यमन्त्री राईले प्रदेश सरकारको हालको पूँजीगत खर्च १२ अर्ब रहेको बताए । ‘अत्यधिक बढ्दा पनि २० अर्बभन्दा माथि पुग्न सक्दैन,’ मुख्यमन्त्री राईले भने, ‘एक कार्यकालमा पनि १४ जिल्लामा सडक निर्माण गर्न नसकिने किसिमको खर्चको स्थिति छ ।’ अहिलेको खर्चको अवस्थाले ५ वर्षमा २०० किलोमिटर सडक पनि निर्माण हुन नसक्ने रहेको भन्दै उनले चिन्ता व्यक्त गरे । मुख्यमन्त्री राईले छिमेकी भारत र चीनले तीव्रगतिमा गरिरहेको विकास र समृद्धिबाट लाभ लिन नसके नेपालको उत्पादन प्रणाली अझै जोखिमपूर्ण बन्दै जाने बताए । उत्पादनको क्षेत्र, लगानीकर्ता, युवा जनशक्तिलाई देशमै रोकेर काम गर्नुपर्नेमा उनले जोड दिए । प्रदेश सरकार अन्तर्गत प्रदेश लगानी प्राधिकरणले लगानीका क्षेत्रहरू अध्ययन गरेर अन्तिम चरणमा पुर्‍याएको मुख्यमन्त्री राईको दाबी छ । आगामी दिनमा कुन पालिकामा कुन वस्तुको उत्पादन र विकास गर्ने भन्ने विषय प्रष्ट पारेर आन्तरिक उत्पादनलाई प्रोत्साहन गरिने मुख्यमन्त्री राईले बताए । कार्यक्रममा प्रदेशको सम्भाव्यताको विषयमा आफ्नो प्रस्तुति दिँदै अमेरिकन मिलिट्री युनिभर्सिटीका प्राध्यापक मेदिनी अधिकारीले देशमा थुप्रै सम्भावना रहेको भए पनि त्यसको सदुपयोग हुन नसकेको बताए । निजीक्षेत्रले लगानी गर्न चाहेको भए पनि नीतिगत समस्याका कारण वातावरण नभएको धारणा उनले राखे । कार्यक्रममा प्रदेश लगानी बोर्डका कार्यकारी निर्देशक सरोज कोइरालाले विराटनगरबाट ढाका, कलकत्ता, दिल्लीमा उडान गर्नुपर्ने, प्रदेशमा विदेशी लगानी भित्त्याउन ‘फास्ट ट्र्याक’मा काम हुनुपर्नेमा जोड दिए । नेपाल उद्योग परिसंघ, प्रदेश १ का अध्यक्ष भीम घिमिरेले अहिले पनि लगानीको वातावरण नभएको गुनासो गरे । ‘औद्योगिक नीतिको अभाव छ, तजबिजीमा काम गर्ने परिपाटीले सरकार भए नभएको आभास भइरहेको छैन,’ घिमिरेले भने । यस्तै नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश १ का अध्यक्ष टीकाराम ढकालले कमिसनको खेलले लगानी नआउने भन्दै देशमा उत्पादन हुने वस्तुको ब्राण्डिङमा ध्यान दिनुपर्ने बताए । उद्योगी पवनकुमार शारडाले उद्योगीलाई लगानी गर भनेर वातावरण खल्बल्याउने समस्या सरकारसँगै रहेको आरोप लगाए । स्थानीय सरकारले अनावश्यक कर लिने बहाना बनाएर हैरानी दिइरहेको गुनासो उनले गरे ।