कर्णालीको बजेट : पहिलो चौमासिकमै निराशाजनक

कर्णाली प्रदेशमा विगतमा जस्तै यो वर्ष पनि बजेट कार्यान्वयनको गति सुस्त देखिएको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा कर्णाली प्रदेश सरकारले अपेक्षित बजेट खर्च गर्न सकेन । बरु विगतको तुलनामा अझ कमजोर देखिएको छ । आव २०८०/८१ का लागि सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख सात हजार रुपियाँ बराबरको बजेट विनियोजन गरेको छ । बजेट कार्यान्वयनको सुरुवाती चार महिनामा ७.११ प्रतिशत मात्रै खर्च भएको छ । गत आवमा सरकारले यही अवधिमा ७.६३ प्रतिशत रकम कार्यान्वयन गरेको थियो ।

सम्बन्धित सामग्री

कर्णालीको बजेट खर्च निराशाजनक, ९ महिनामा २२ प्रतिशत मात्रै बजेट खर्च

कर्णाली प्रदेश सरकारले नौ महिनामा करिब २२ प्रतिशत मात्र बजेट खर्च गरेको छ ।