पेरिस– जेलमा रहेका इरानी नोबेल शान्ति पुरस्कार विजेता नार्गिस मोहम्मदीले अनसन तोडेकी छन् । तेहरानको इभिन जेलमा रहेकी ५१ वर्षीया वरिष्ठ अधिकारकर्मी मोहम्मदीलाई ‘इरानमा महिला माथि भइरहेको उत्पीडनविरुद्धको लडाइँका लागि’ अक्टोबरमा नोबेल पुरस्कार प्रदान गरिएको थियो । इरानमा अनिवार्य गरिएको तर अधिकारकर्मीद्वारा विरोध गरिएको हिजाब लगाउने शर्तलाई नमानिकन उनलाई उपचारका लागि अस्पतालमा भर्ना गराएपछि मोहम्मदीले […]