रड प्रहार गरी बुवाको हत्या

धनुषामा गए राति एक युवकले आफ्नै बुवालाई रड प्रहार गरी हत्या गरेका छन् । शहीदनगर नगरपालिका–९ का ५५ वर्षीय सुखिया सदालाई आफ्नै छोरा ३० वर्षीय नथुनीले रड प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घरायसी कुरामा झगडा परेपछि बुवाको टाउकामा रड प्रहार गरी छोराले हत्या गरेको इलाका प्रहरी कार्यालय यदुकुहाका प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिनुभयो ।