सर्लाहीमा आँखा पाक्ने रोगको प्रकोप बढ्दै, घुम्ती शिविर सञ्चालन गरेर बिरामीको उपचार गर्ने तयारी

सर्लाही – सर्लाहीमा केही दिनदेखि गर्मी बढेसँगै आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएको छ । मौसम परिवर्तन भएसँगै आँखा पाक्ने रोगको प्रकोप बढेको आँखा रोग विशेषज्ञहरूले बताएका छन् । शुरुका दिनमा बिरामीको आँखा राताे हुने, चिलाउने, आँसु बग्ने र घाममा हेर्न नमिल्नेजस्ता लक्ष्ण देखिने गरेको हरिपुर नगरपालिकाअन्तर्गत स्वास्थ्य शाखाका प्रमुख अनिल चौधरीले बताउनुभयो । विद्यालय र समुदायमा आँखा पाक्ने तथा आँखा रातो हुने बिरामीको सङ्ख्या बढ्दै गएकाले घुम्ती शिविर सञ्चालन गरेर बिरामीको उपचार गरिने चौधरीले जानकारी दिनुभयो । बिरामीको ...