काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले गत चैत १५ गतेको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई पक्राउ गरेको छ । अध्यक्ष बस्नेतलाई काठमाडौँको सुकेधाराबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । उनले भने, “आवश्यक अनुसन्धान थालेका छौँ ।”
काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन प्रणाली बदल्नुपर्ने बताएका छन् । हालको निर्वाचन प्रणाली जनताको पक्षमा नभएको बताएका ‘प्रचण्ड’ले संविधान संशोधनमार्फत यसलाई बदल्नुपर्ने बताएका हुन् । सुनसरीको धरानमा आइतबार किरात र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपालको संयुक्त राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले हालको निर्वाचन प्रणाली चुनावमा पैसा खर्च गर्न सक्नेहरूको पक्षमा रहेको […]
KATHMANDU: Bollywood superstar Salman Khan is facing backlash over a tweet he made regarding the ceasefire between India and Pakistan. Recently, Salman posted on the social media platform X (formerly Twitter), expressing relief over the ceasefire agreement between the two nations. He tweeted, “Thank God for the ceasefire.” Salman’s tweet came shortly after the official […]
कर्णाली– कर्णाली प्रदेश सरकारले बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र सञ्चालनमा ल्याएको छ । सुर्खेतको वीरेन्द्रनगरमा स्थापित केन्द्रको आज प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले उद्घाटन गरे । कार्यक्रममा मन्त्री भण्डारीले बालबालिकाको खोजतलासमा सहयोग पुग्ने उद्देश्यका साथै आश्रयस्थलका रूपमा विकास गर्न केन्द्र सञ्चालन गरिएको बताए । उनले भने, “केन्द्र स्थापनाले यहाँका बालबालिकाको संरक्षण र संवर्द्धनमा टेवा पुग्नेछ […]