महालक्ष्मी नगरपालिकामा एक साताका लागि अत्यावश्यक बाहेकका सेवा बन्द

काठमाडौंः महालक्ष्मी नगरपालिकाले  अत्यावश्यक सेवा बाहेकका अन्य सेवा स्थगित गरेको छ। कोभिड-१९ को सङ्क्रमण भयावह हुने अवस्था देखिएको भन्दै नगरकार्यपालिकाको निर्णय अनुसार सेवा बन्द गरिएको हो। वैशाख १५ देखि २१ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द हुने प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाद्वारा जारी  सूचनामा उल्लेख छ। वडा कार्यालयबाट पनि अत्यावश्यक बाहेक अन्य…

सम्बन्धित सामग्री

सामाजिक विकास मन्त्रालयको अत्यावश्यक बाहेकका सेवा बन्द

कैलालीः सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै अत्यावश्यक बाहेकका सेवा स्थगित भएको जनाएको छ।  मन्त्रालयले संक्रमित कर्मचारीको संख्या भने खुलाएको छैन।  अर्को सूचना जारी नभएसम्म अत्यावश्यक बाहेकका सेवा स्थगन गरिएको मन्त्रालयले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय पाल्पामा पनि अत्यावश्यक बाहेकका सेवा बन्द

बुटवल : जिल्ला प्रशासन कार्यालय पाल्पाले अत्यावश्यक बाहेकका सेवा हाललाई स्थगन गरेको छ। कार्यालयमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि अर्को सूचना जारी नहुँदासम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको हो।  प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तका अनुसार आइतवारदेखि शान्ति सुरक्षाका मुद्दा, फोटो सहितको मतदाता नामावली संकलन र नागरिकता प्रमाणपत्र बाहेकका सबै सेवा…

जिल्ला प्रशासन कार्यालय कैलालीद्वारा अत्यावश्यक बाहेकका सेवा बन्द

जिल्ला प्रशासन कार्यालय कैलालीले आइतबारबाट अत्यावश्यक बाहेकका सेवा बन्द हुने जनाएको छ । कार्यालयका केही कर्मचारीलाई कोरोना संक्रमण पुष्टी भएको भन्दै कार्यालयले आइतबारदेखि अत्यावश्यक सेवा बन्द गर्ने जनाएको हो । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै केही कर्मचारीलाई कोरोना पुष्टी भएको र अन्य कर्मचारी लाई मिल्दो जुल्दो लक्षण देखापरेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द हुने जनाएको हो ।जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी एवम् प्रशासकिय अधि

जिल्ला प्रशासन कार्यालय चितवनद्वारा अत्यावश्यक बाहेकका सेवा वन्द

जिल्ला प्रशासन कार्यालयले यही माघ ७ गतेदेखि १४ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने भएको छ । शुक्रबारदेखि लागू हुने गरी शान्ति, सुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यक बाहेकका सबै सेवा रोकिने जनाएको छ । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङद्वारा जारी जरुरी सूचनामा  कार्यालयमा कार्यरत विभिन्न फाँटका कर्मचारी कोभिड–१९ बाट सङ्क्रमित भई उपचाररत तथा आइसोलेशनमा रहेकाले सेवा स्थगन गरिएको उल्लेख गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले तीन कर्मचारीमा कोरोना सङ्क्रमण

मध्यनेपालमा अत्यावश्यक बाहेकका सेवा बन्द

लमजुङ– लमजुङको मध्यनेपाल नगरपालिकाले बिहीबारदेखि एक हप्तासम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमण बढ्दै गएको र कार्यालयका एक कर्मचारीमा पनि संक्रमण पुष्टि भएको तथा बाँकी कर्मचारीको पिसीआर परीक्षणको नतिजा नआउञ्जेल यही माघ १२ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवाहरू बन्द गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले […]

लमजुङको मध्यनेपाल नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द

लमजुङको मध्यनेपाल नगरपालिकाले बिहीबारदेखि एक हप्तासम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस सङ्क्रमण बढ्दै गएको र कार्यालयका एक कर्मचारीमा पनि सङ्क्रमण पुष्टि भएको तथा बाँकी कर्मचारीको पिसीआर परीक्षणको नतिजा नआउञ्जेल यही माघ १२ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवाहरू बन्द गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले बताए ।उनले भने, “सबै कर्मचारीको पिसीआर परीक्षणको नतिजा नआउञ्जे कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्र

भीमदत्तका १६ कर्मचारी संक्रमित : अत्यावश्यक बाहेकका सेवा बन्द

कञ्चनपुर : भीमदत्त नगरपालिकाका १६ जना कर्मचारीमा कोरोनाको संक्रमण देखापरेपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएका छन्।नगरपालिका कार्यालयले सार्वजनिक सूचना जारी गर्दै नगर प्रहरी, दमकल, अग्निनियन्त्रक, एम्बुलेन्स सेवा, सरसफाइ र आधारभूत स्वास्थ्य सेवा लगायतका अत्यावश्यक सेवा बाहेक अन्य सेवा स्थगित गरिएको जनाएको छ।सूचनामा माघ ६ गतेदेखि १० गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जनाइएको छ।‘नगरपालिकाका कर्मचारी तथा नागरिकमाझ ठूलो संख्यामा कोरोनाको संक्रमण पुष्टि भएको छ’, सूचनामा भनिएको

अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने बीपीका चिकित्सकहरूको घोषणा

विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्राध्यापक, कर्मचारी र चिकित्सकहरुले अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् । ८२ दिनयता प्रतिष्ठान सुधारको माग गर्दै आन्दोलनरत प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुले आज (आइतबार) बाट इमरजेन्सी, कोरोना सङ्क्रमितको उपचार र पूर्वनिर्धारित परीक्षा बाहेकमा काम छाडेका हुन् । प्रतिष्ठान सुधारको माग राख्दै आएको संयुक्त सङ्घर्ष समितिले सरकारले माग […]

खोटाङको केपिलासगढी गाउँपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने

खोटाङको केपिलासगढी गाउँपालिकाले १५ दिनका लागि गाउँपालिका र वडा कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ ।...