काठमाडौं उपत्यकामा माघ मसान्तसम्म के गर्न पाइन्छ, के गर्न पाइँदैन ? (सुचनासहित)

काठमाडौं, ४ माघ । देशभर कोरोना संक्रमणदर बढेपछि काठमाडौं उपत्यकासहित देशभर सरकारले थप कडाइ गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज एक सूचना जारी गर्दै आज राति १२ बजेदेखि सबै प्रकारका आमसभा, जुलुस, भेला वा धेरै मानिसहरु भेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन गन नपाइने जनाएको हो ।