सांसद अमरेशकुमार सिंहले बुझाए सभापति देउवालाई राजीनामा [पूर्णपाठ]

नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका छन् ।  क्रियाशील सदस्यता वितरणमा असन्तुष्ट रहेका सिंहले बुधवार सभापति देउवालाई राजीनामा बुझाएका हुन् । सिंहले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएको व्यहोरा राजीनामा पत्रमा खुलाएका छन् । ‘मधेशमा कांग्रेसको प्रतिष्ठा र छवि रक्षा गर्दै ह्रासोन्मुख जनआस्था र विश्वास पुनःस्थापना गर्न नागरिकको हैसियतमा मेरो भूमिका उपयोगी हुने भएकोले महामानव बीपी कोइरालाको स्मृति दिवसका दिन आजै प्रतिनिधिसभा सदस्य पद...