दिल्ली उडान कटौती हुँदा निगमले गुमायो सातामा नौ करोडभन्दा बढी आम्दानी

नियामक निकायले हिस्टोरिकल स्लट काठमाडौं–दिल्ली सेक्टरको उडान कटौती गरिदिएपछि नेपाल वायुसेवा निगम (एनएसी)को आम्दानी खुम्चिएको छ । यात्रु खचाखच हुने दिल्ली सेक्टरका चारवटा उडान कटौती हुँदा सातामा नौ करोडभन्दा बढी आम्दानी...

सम्बन्धित सामग्री

२५४ जना यात्रु लिएर दिल्ली उड्न लागेको नेपाल एयरलाइन्सको जहाज किन रोकियो ?

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले नेपाल वायुसेवा निगमको दिल्ली उडान रोकिदिएको छ । २५४ जना यात्रु लिएर नयाँदिल्ली उड्न लागेको निगमको वाइडबडीको आरए–२१७ उडान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले रोकिदिएको हो । नागरिक उड्डयन प्राधिकरण (क्यान)ले निगमको उडान संख्या कटौती गरेपछि आज दिउँसो हुने निगमको दिल्ली उडान रोकिएको हो । प्राधिकरणले अन्तराष्ट्रिय उडानको तालिका स्वीकृत गर्ने क्रममा अक्टोबर ३० देखि मार्च २७ सम्मको तालिका अनुसार निगमको आइतबार र शुक्रबार दिउँसो १ः४५ बजे हुने काठमाडौँ–दिल्ली उडान कटौती गरेपछि आजको उडान रोकिएको हो । प्राधिकरणले निगमलाई भैरहवा विमानस्थलबाट पनि उडान सुरु गर्न भनेको तर, त्यहाँ यात्रु नभएका कारण निगमले उडान गर्न नसकेपछि भैरहवाबाट उडान नगरेको भन्दै प्राधिकरणले काठमाडौँ–दिल्ली सातामा सातै उडान हुँदै आएकोमा २ वटा उडान कटौती गरिदिएको हो ।ब्यापार नहुने भन्दै नेपाल एयरलाइन्ससहित हिमालयन एयरलाइन्सले भैरहवाबाट उडान गर्न मानिरहेका छैनन् । उसो त यात्रु घटेको भन्दै भैरहवाबाट उडान गरिरहेको जजीरा एयरलाइन्सले पनि उडान संख्या घटाएर सातामा ३ उडान मात्रै गर्न थालेको छ । यात्रु संख्या क्रमशः घटिरहेको दाबी गर्दै उक्त एयरलाइन्स कम्पनीले यही क्रम जारी रहे उडान नै बन्द गर्नुपर्ने अवस्था आउन सक्ने पनि बताइसकेको छ ।