हिमालको लस्कर मार्गमा अनावश्यक भीडभाड नगर्न पर्यटन विभागको निर्देशन

काठमाडौं । पर्यटन विभागले हिमाल आरोहणमा जाने पर्वातारोहीहरुलाई हिमालको लस्कर मार्गमा अनावश्यक भीडभाड नगर्न आग्रह गरेको छ । कोभिड–१९ को बढ्दो संक्रमण र जोखिमलाई ध्यानमा राख्दै विभागले पर्वतारोहणमा जाने आरोहीहरूलाई अनुमति प्राप्त हिमालको लस्कर मार्गमा यात्रारत रहँदा, आधार शिविरमा बस्दा साथै सो भन्दा माथिल्लो लस्कर मार्गमा यात्रामा रहँदा समेत आफ्नो समूहमा मात्र हिड्न आग्रह गरेको हो ।बुधबार सन् २०२१ को वसन्त ऋतुको आरोहण व्यवस्थापन सम्बन्धी सूचना जारी गर्दैै विभागले एक पटकमा अधिकतम १९ जनाले मात

सम्बन्धित सामग्री

नेपाल आउने पर्यटकलाई २०० डलर बोकेर आउन अध्यागमन विभागको आग्रह, कारण के हो ?

वैशाख ४, काठमाडौं । अन्तरराष्ट्रिय विमान स्थल (टीआईए) परिसरमा रहेको वाणिज्य बैंकको एटीएममा समस्या देखा परेपछि अध्यागमन विभाग, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले पर्यटकलाई नगद नै बोकेर नेपाल भ्रमणमा आउन आग्रह गरेको छ । कार्यालयले सूचना जारी गर्दै बैंक भुक्तानीमार्फत आगमन भिसा शुल्क स्वीकार गरिरहेमा बैंकमा समस्या देखिएकाले पर्यटकलाई नगद नै बोक्न आग्रह गरेको हो ।  बैंकमा डलर कार्ड नलिने समस्या देखा परेपछि पर्यटकको सहजताका लागि यस्तो व्यवस्था गरिएको अध्यागमन विभाग, टीआईए कार्यालयका प्रमुख पुष्पराज शाहीले जानकारी दिए । नेपाल राष्ट्र बैंकले यस विषयमा अध्ययन गरेको र वाणिज्य बैंकलाई अर्काे एटीएम राख्न पनि निर्देशन दिएको उनले बताए । यो समस्या हल नभएसम्म सूचना नहट्ने पनि उनको भनाइ छ ।  यो समस्या हल हुन अझै एक दुई दिन लाग्न सक्ने शाहीले अभियान डेल्लीलाई जनाकारी दिए ।  अहिले दैनिक बाह्य पर्यटक आगमनमा वृद्धि भएकाले उनीहरूलाई समस्या नहोस भनेर साथमा नगद नै बोकेर आउन आग्रह गरिएको शाहीले जानकारी दिए ।  टीआईए परिसरमा एउटा मात्र एटीएम मेसिन भएकोले पछिल्लो समय भीडभाड हुँदै अएको छ । प्राविधिक कठिनाइका कारण यात्रुले आगमनको समयमा भिसा कार्ड, मास्टरकार्डलगायत विद्युतीय माध्यमबाट भिसा शुल्क तिर्न समस्या परेको कार्यालयको भनाइ छ ।  त्यस्तै यात्रुले नगद नबोकेको अवस्थामा अध्यागमनमा अलपत्र पर्नुका साथै कतिपय अवस्थामा भिसा शुल्क तिर्न नगदको अभावमा प्रवेश अनुमति पनि पाउन नसक्ने हुन सक्ने सूचनामा भनिएको छ ।  अध्यागमनले सबै विदेशी यात्रुहरूको सुविधाका लागि र ई–बैंकिङ भुक्तानी बाधाबाट मुक्त हुनका लागि कम्तिमा २०० अमेरिकी डलर वा सो बराबरको परिवर्तनीय स्वीकृत मुद्राहरू नगदमा लैजान पनि अनुरोध गरेको छ ।