प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने बारको माग

काठमाडौं : नेपाल बार एशोसिएसनले न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ।सोमबार बसेको बारको आकस्मिक बैठकले न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीशले निकास दिनुपर्ने भन्दै राजीनामा मागेको महासचिव लीलामणि पौडेलले जानकारी दिए।‘प्रधानन्यायाधीशमाथि लागेका आरोपले न्यायपालिकालाई गम्भीर क्षति पुग्ने भएकाले न्यायपालिका सुधारका लागि उहाँले राजीनामा दिनुपर्ने आजको बैठकले निश्कर्ष निकालेको छ’ पौडेलले थाहाखबरसँग भने,‘आज समय अभावले गर्दा सल्लाहकारहरू

सम्बन्धित सामग्री

‘गोलाप्रथाबाट पेसी तोक्ने निर्णय भइसक्दा पनि बार आन्दोलनमै’

काठमाडौं, १६ पुस । नेपाल बार एसोसिएसनको आन्दोलनले ६१ दिन नाघेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले राजीनामा दिनुपर्ने भन्दै सुरु भएको आन्दोलन ६१ दिन कट्दासमेत निकास भने निस्केको छैन । संघीय संसदका दलहरुलाई प्रधानन्यायाधीश राणालाई महाअभियोग लगाएर हटाउनुपर्ने माग गरे पनि नेताहरूले उचित निकास ननिकाल्दा बारको आन्दोलन अझै निष्कर्षविहीन अवस्थामा छ । बारको मागबमोजिम गोलाप्रथाबाट […]

प्रधानन्यायाधीशको राजीनामा माग्दै बारको विरोध कार्यक्रम

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले मंगलवार पनि धर्ना दिएको छ । बार भवनको प्रांगणमा कालोपट्टी सहितको विरोध कार्यक्रम आयोजना गरिएको हो । न्यायालयमा देखिएको विकृति, विसंगति र भ्रष्टाचारविरुद्ध बारले विरोधका कार्यक्रम गर्दै आएको छ ।  न्यायपालिकाको गरिमा कायम राख्न विवादित प्रधान न्यायाधीशले राजीनामा दिनुपर्ने माग ब्यानरमा पनि राखिएको छ ।

आजपनि बारको आन्दोलन जारी (फोटोफिचर)

काठमाडौं, १७ कार्तिक । नेपाल बार एशोसिएसशनले विभिन्न माग राखेर सुरु गरेको आन्दोलन आजपनि जारी छ । बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तत्काल राजीनामा दिनुपर्ने अडान राखेको छ। प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बारको चेतावनी छ । उता, इजलास बहिष्कार गरेका न्यायाधीशहरु आजबाट इजलासमा फर्किएका छन् । तर, आज राखिएका ९ वटा (एकल […]

हातमा कालोपट्टी बाँधेर सर्वोच्च परिसरमै बारको धर्ना

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ । जबराले पदबाट राजीनामा दिनुपर्ने माग गर्दै विरोधका विभिन्न कार्यक्रम सार्वजनिक गरेको बारले सोही आन्दोलनको कार्यक्रमअन्तर्गत १० बजेबाट एक घण्टासम्म सर्वोच्च परिसरमा धर्ना दिएको हो । बारको घोषित आन्दोलनको कार्यक्रमअन्तर्गत नै उभिएरै धर्ना दिइएको नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष टीकाराम भट्टराईले लोकान्तरलाई जानकारी दिए । हातमा कालोपट्टी र कालै ब्यानर लिएर वकिलहरूले धर्ना दिएका हुन् । बारले आगामी बुधबा...

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बारले धर्ना दिने

काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आइबारबाट धर्ना दिने भएको छ । नेपाल बारको केन्द्रीय कार्यसमितिको आज (शुक्रबार) बसेको बैठकले न्यायालय शुद्धिकरणका लागि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने निष्कर्षसहित आगामी बुधबारसम्म कालोपट्टि बाँधेर धर्ना दिने निर्णय गरेको बारकी उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् । त्यसैगरी प्रधानन्यायाधीश जबरालाई आफ्नो लागि इजलास नतोक्न […]

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्ने नेपाल बारको निर्णय

नेपाल बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्ने निर्णय गरेको छ । मंगलबार बारको बैठकले जबराको राजीनामा माग गर्ने निर्णय गरेको उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् । साथै बारले आन्दोलनको कार्यक्रम पनि तय गरेको छ । आजै बसेको बारको सल्लाहकार समितिका सदस्यहरुले पनि जबराले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेका थिए । समितिका सबैजसो सदस्यले प्रधानन्यायाधीश  जबराले राजीनामा नदिए देशव्यापी आन्दोलन चर्काउन सुझाव दिएका थिए । मंगलवारको बैठकमा बोलेका ३७ मध्ये ३६ जना सदस्यले प्रधानन्यायाधीश जबराले राजीना...