काठमाडौँ। ऊर्जा तथा सिँचाइमन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी (उनेपा) ले रवि लामिछानेलाई पार्टीको सभापति र बालेन्द्र (बालेन) शाहलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अस्वीकार्य रहेको बताएका छन्। नयाँ राजनीतिक दलहरू एकता भई गठित हुने पार्टीको सभापति लामिछाने बन्ने र आगामी चुनावपछिको प्रधानमन्त्री हाल काठमाडौं महानगरपालिकाका मेयर रहेका बालेन हुने प्रस्ताव अस्वीकार गरेको हो। उनेपाको […]
महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने बेला घर्कंदै गर्दा खुट्टी (दोस्रो वर्षको बाली) उखु काटेर चिनी उद्योगमा पुर्याउन र पेलेर सख्खर बनाउन किसानलाई धपेडी परेको हो । भङ्गाहा–४ प्रेमनगरका किसान रामविलास महतोले पुस तेस्रो साताभित्र चैतेबाली लगाइसक्नुपर्ने भएकाले आफूहरू त्यसैमा लागेको बताए। उनले भने, ‘समयको चाप छ, त्यसैले हाल मुटु कँपाउने […]
१२ पुस, काठमाडौं । नेपाली कांग्रेसले चुनावमा पार्टीका उम्मेदवारविरुद्ध लागेर निलम्बनमा परेकाहरूको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय अनुशासन समितिले गरेको निष्काशन, निलम्वन र पार्टीको विधान अनुसार स्वत: कार्वाहीमा …
तीन नेतालाई प्रधानमन्त्री कार्कीको आग्रह : जसरी भएपनि निर्वाचन सफल पारौँ प्रधानमन्त्री सुशीला कार्कीले फरक परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन प्रमुख राजनीतिक दलसँग आग्रह गरेकी छिन् । प्रधानमन्त्री निवासमा आज नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेतासँग भएको छलफलमा उनले ती दललाई निर्वाचनमा सहभागी हुन आग्रह गरिन् । […]
विराटनगर– मधेस प्रदेशका प्रमुख डा सुरेन्द्र लाभले मैथिली समाज र सभ्यताले सहअस्तित्वमा विश्वास गर्ने बताएका छन् । मैथिली एशोसिएसन नेपालद्वारा आज विराटनगरमा आयोजित दुई दिने ‘अन्तरराष्ट्रिय मैथिली सम्मेलन–२०२५’को उद्घाटन गर्दै उनले सबैको सहअस्थितित्वको भावना राख्ने भएकैले मैथिली सभ्यता बलियो रहेको बताए । समाजको विकाससँगै भाषा, साहित्य र संस्कृतिको पनि विकास हुने चर्चा गर्दै प्रदेश प्रमुख […]