अमेरिकी अर्थतन्त्रले अक्टोबरमा २ लाख ६१ हजार रोजगारी थप्यो

अमेरिकी रोजगारी वृद्धिका दृष्टिले अक्टोबर महिनामा अपेक्षाभन्दा थप वृद्धि हासिल गरेको छ ।  गत महिना रोजगारीको बजारमा दुई लाख ६१ हजार नयाव कामदारहरू थपिएका छन् ।यो आँकडा अर्थशास्त्रीहरूले अनुमान गरेभन्दा धेरै उच्च  हो । बजारमा बेरोजगार दर  बढिरहेको बेला यस्तो आँकडा सार्वजनिक भएको हो । स्वास्थ्य सेवा, व्यावसायिक र प्राविधिक सेवाहरू र उत्पादनमा उल्लेखनीय रोजगारी प्राप्त भएको प्रतिवेदनले जनाएको छ। (रासस-एएफपी)