खोटाङ – खोटाङको जन्तेढुङ्गा गाउँपालिका ५ चिसापानीको घोर्लेमा राष्ट्रिय प्रसारण लाइनकाे विद्युत् विस्तार गरिएको छ । सुन्तला खेतीका लागि चर्चित मानिने घोर्लेमा गाउँपालिकाले विनियोजन गरेको २८ लाख रुपैयाँ र उपभोक्ताको श्रमदानबाट नेपाल विद्युत् प्राधिकरणको गाईघाट–दिक्तेल प्रसारण लाइन अन्तर्गतको विद्युत् विस्तार गरिएको हो ।
गाउँपालिका अध्यक्ष शंखरबहादुर राईले घोर्लेमा बत्तीको स्विच अन गरेर विद्युत् विस्तारकाे उद्घाटन गर्नुभएकाे हाे । गाउँका ३५ घरमा राष्ट्रिय प्रसारण लाइनको विद्युतबाट बत्ती बलेपछि घोर्लेका स्थानीयवासीले खुसी...