काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले विना तयारीका आयोजनाहरु ठेक्का प्रक्रिया सरकारले अगाडि नबढाउने बताएका छन्।आइतबार राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति बैठकमा बोल्दै भौतिक मन्त्री ज्वालाले यस्तो बताएका हुन्।उनले पूर्वतयारीबिना आयोजनाहरुको ठेक्का लगाउँदा आयोजनाहरु समयमै सम्पन्न नहुने तथा सरकारलाई बढी भार पर्ने गरेको भन्दै मन्त्रालयले आगामी दिनमा विना तयारीका आयोजनाहरु ठेक्का प्रक्रिया अगाडि नबढाउने उल्लेख गरे।मन्त्री ज्वालाले विगतका स