१६ असार, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान नवयुग श्रेष्ठ र त्रिभुवन आर्मी फुटबल क्लबका कप्तान भरत खवास प्रतियोगिता खेल्न अमेरिका प्रस्थान गरेका छन् । अमेरिकामा आयोजना हुने पाँचौ नेप्लिज अमेरिकन कन्भेन्सन (एनएसी) फुटबल प्रतियोगिता खेल्न भरत र नवयुग अमेरिका प्रस्थान गरेका हुन् । भरत र नवयुग दुवैले आयोजक लस एन्जलस (एलए) टोलीबाट प्रतियोगिता खेल्नेछन् । प्रतियोगिता बाल्टिमोर एथ्लेटिक क्लबले आयोजना गर्नेछ । नवयुगले एएफसी एसियन कप छनोटमा नेपालको […]