भ्रष्टाचार, विकृति र विसंगतिले देश कठिन अवस्थामा छ– राजनीतिक विश्लेषक रायमाझी

काठमाडौं, २९ चैत्र । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले अहिले देश कठिन अवस्थामा रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै राजनीतिक विश्लेषक रायमाझीले भ्रष्टाचार, विकृति र विसंगतिका कारण यो देश रोइरहेको बताएका हुन् । हामीले हाम्रो परम्परा, संस्कार र संस्कृतिको जर्गेना र संरक्षण गर्नुसमेत आजको चुनौति बनेको उनको भनाई छ । […]