काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जाइन्टसले पञ्जाब किंग्सलाई पराजित गरेको छ। गएराति पुनेमा भएको खेलमा लखनउले पञ्जाबलाई २० रनले पराजित गरेको हो। लखनउले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको पञ्जाब पूरै ओभरमा ८ विकेट गुमाएर १ सय ३३ रनमा समेटियो। उसका लागि जोनी वरिस्टोले ३२, मायंक अग्रवालले २५ ऋषि धवनले नट आउट २१ रन बनाए । लखनउका मोसिन खानले ३ तथा दुशमान्था चमिरा र कुनाल पाण्डेले २–२ तथा विकेट लिए। त्यस अघि ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमा