सम्पदा पुनर्निर्माण गर्न भारतद्वारा २३ करोड सहयोग

भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेका सांस्कृतिक सम्पदा परियोजना पुनस्र्थापना र पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा ठेकेदारबीच मंगलबार तीनवटा ठेक्का सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौतामा सिन्धुपाल्चोक जिल्लामा रहेको चिरीघ्याङ्ग गुम्बा, तार्केघ्याङ्ग गुम्बा र मेलाम्ची घ्याङ्ग गुम्बा निर्माण हुन लागेको हो । उक्त कार्यक्रममा पूर्व अर्थराज्यमन्त्री डा.लार्केल लामा, प्रदेश सभा सदस्य निमा […]