गोदावरी मेयर कप फुटबलको उपाधि लेलेलाई

ललितपुर– गोदावरी मेयर कप फुटबलको उपाधि लेलेले जितेको छ । शनिबार ललितपुरको ठेचोस्थित दुरीखेल मैदानमा भएको फाइनल खेलमा गोदावरी नगरपालिका-३ गोदावरीलाई हराउँदै लेलेले उपाधिमाथि कब्जा जमाएको हो । आयोजक टुस्टार क्लबका रविन्द्र महर्जनका अनुसार लेलेले तीन गोल गर्दै उपाधि जितेको हो । गोदावरीले एक गोल गरेको थियो । बिहीबार ललितपुरको ठेचो फुटबल मैदानमा भएको सेमिफाइनल […]

सम्बन्धित सामग्री

तानसेन–९ लाई मेयर कप फुटबलको उपाधि

प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि तानसेन–९, दमकडाले चुमेको छ । तानसेनको टुँडिखेल मैदानमा भएको फाइनल खेलमा तानसेन–९ ले तानसेन–१ (क) लाई १–० गोलअन्तरले पराजित गर्दै कपको उपाधि चुमेको हो ।

पथरीशनिश्चरेले मेयर कप फुटबलको उपाधि उचाल्यो

प्रथम सुन्दरहरैंचा मेयर कप फुटबल प्रतियोगिताको उपाधि पथरीशनिश्चरे नगरपालिकाले जितेको छ । मोरङको सुन्दरहैंचा नगररपालिकाले आयोजना गरेको प्रतियोगितामा आयोजकलाई १–० ले हराउँदै पथरीशनिश्चरेले उपाधि रक्षा गरेको हो । उपाधिसँगै पथरीशनिश्चरे नगरपालिकाले ३ लाख रुपियाँ र मेयर कप ट्रफी जितेको छ भने आयोजक सुन्दरहरैंचा नगरपालिकाले एक लाख ५० हजार रुपियाँ सहित ट्रफि जितेको छ ।