राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले सत्ताधारी दल र नेताले नेपालका उद्योगहरू बेचेर ठूलो भ्रष्टाचार गरेको आरोप लगाएका छन् । राप्रपा चितवनले भरतपुरमा शुक्रबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै पाण्डेले उद्योगहरू बेचिएपछि देशको व्यापार घाटा बढ्दै गएको बताए ।२०७४ को प्रतिनिधि सभाको निर्वाचनमा चितवन क्षेत्र नं ३ मा पाण्डेलाई प्रचण्डले हराएका थिए । ‘सत्ताधारी दल र नेताहरुले उद्योग बेचेर ठूलो भ्रष्टाचार गरेका छन् । जसले गर्दा देशको व्यापार घाटा बढ्दै गएको छ’, पाण्डेले