सुदूरपश्चिममा भारतबाट रोजगारी गरी घर फर्किनेकाे ​चहलपहल बढ्याे

डाेटी - भारतमा राेजगारी गरी दशैँ मनाउन घर फर्किनेकाे सङ्ख्या बढेसँगै डाेटीलगायत सुदूरपश्चिमका जिल्लामा चहलपहल बढ्न थालेकाे छ ।  रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका सुदूरपश्चिमवासीहरु दशैँ नजिकिँदै गएकाले घर फर्किन थालेका छन् । अहिले यहाँका गाउँघरमा निकै चहलपहल बढेको छ । घरको खेतीपातीको काम सकेर यहाँका नागरिक कामका लागि भारतका विभिन्न सहर जाने गरेका छन् ।  राेजगारीका लागि अधिकांश नागरिक भारत जाने भएका कारण यहाँका गाउँघर सुनसान भएका थिए । अहिले उनीहरु धमाधम गाउँ ...