शैक्षिक विकास र दक्ष जनशक्ति तयार गर्न काठमाडौँ विश्वविद्यालयको योगदान महत्वपूर्ण : प्रधानमन्त्री देउवा

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ विश्वविद्यालयले मुलुकको शैक्षिक विकास र दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान गरेको बताएका छन्। प्रधानमन्त्री देउवाले काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको २७औँ दीक्षन्त समारोहका अवसरमा आज विश्वविद्यालय तथा स्नातक विद्यार्थीलाई पठाएको शुभकामना सन्देशमा सो धारणा व्यक्त गरेका छन् । उनले हालको मुख्य राष्ट्रिय चिन्ताको विषय बनेको जनशक्ति पलायन, सीपसँग शिक्षाको छुट्दै […]

सम्बन्धित सामग्री

गुणस्तरीय शिक्षाका माध्यमबाट नै नेपालको समृद्धि सम्भव छ : प्रधानमन्त्री देउवा

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले गुणस्तरीय शिक्षाका माध्यमबाट नै नेपालको समृद्धि सम्भव भएको बताएका छन् । नेपाल प्राध्यापक सङ्घको हीरक जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा उनले मुलुकको उच्च शिक्षालाई समस्यामुक्त बनाई योग्य एवं दक्ष जनशक्ति तयार गर्न प्राध्यापक थप जिम्मेवारीका साथ क्रियाशील हुनु आवश्यक रहेकामा जोड दिए । प्रधानमन्त्री देउवाले भने, ‘विद्यार्थीले पनि आधुनिक युगको शिक्षालाई […]

भूकम्प प्रतिरोधी भवन निर्माणमा दक्ष जनशक्ति तयार छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्प प्रतिरोधी भवन निर्माणका लागि दक्ष जनशक्ति तयार भएको बताउनुभएको छ । आइतबार २४ औं भूकम्प दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । २०७२ सालको गोरखा भूकम्पपछि देशमै भूकम्प प्रतिरोधी भवन निर्माणका लागि दक्ष जनशक्ति तयार भएको उहाँको भनाइ छ । उहाँले विगतको अनुभव र पाठलाई ख्याल गर्दै दक्ष जनशक्तिको परिचालन गर्न सम्बन्धित निकायलाई अनुरोधसमेत गर्नुभएको छ ।

शिक्षालाई वैज्ञानिक र रोजगारमूलक बनाउनुपर्छ: प्रधानमन्त्री देउवा

मध्यपश्चिम विश्वविद्यालयको एघारौँ सभा तथा वार्षिक नीति कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकको समग्र विकासलाई दिशाबोध गर्न विश्वविद्यालयलको पाठ्यक्रममा समसामयिक परिमार्जन गर्दै दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताए।...