महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई पानी ट्यांकी सहयोग

काठमाडौं (अस) । महालक्ष्मी विकास बैंक डँडेलधुरा शाखाले विद्यालयलाई पानी ट्यांकी सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अजयमेरु गाउँपालिकामा रहेको सहश्रलिंग उच्च माविलाई ह्वाइट बोर्ड र खानेपानी ट्यांकी सहयोग गरेको हो । बैंकले विद्यालयको प्रांगणमा आयोजित कार्यक्रममा उक्त सहयोग हस्तान्तरण गरेको हो । सहयोगबाट विद्यालयमा अध्ययनरत विद्यार्थीको पठन पाठनमा सहयोग पुग्ने बैंकको अपेक्षा छ । विद्यालयलाई ७ थान ह्वाइट बोर्ड र १ हजार लिटर क्षमताको एउटा ट्यांकी प्रदान गरिएको बैंकले बताएको छ । कार्यक्रममा अजयमेरु गाउँपालिका–२ का अध्यक्ष शिवराज भट्ट लगायतको उपस्थिति थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रणबहादुर ऐरले बैंकले सामाजिक तथा आर्थिक रूपान्तरणमा पुर्‍याउँदै आएको योगदानको सराहाना गरे । सामाजिक उत्तरदायित्व अन्तर्गत आगामी दिनमा पनि यस किसिमका कार्यक्रम गर्ने बैंकका डँडेलधुरा शाखा प्रबन्धक प्रकाश खड्काले बताए ।

सम्बन्धित सामग्री

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई पानी ट्यांकी र डस्टबिन सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले साँफेबगरस्थित सूर्यचन्द्र प्राविधिक तथा व्यावसायिक नमुना माध्यमिक विद्यालयलाई पानी ट्यांकी तथा डस्टबिन सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकको साँफेबगर शाखाले सो विद्यालयलाई स्वच्छ खानेपानीका लागि एक हजार र पाँच सय लिटरको एक/एक हिल ट्यांक र डष्टबिन हस्तान्तरण गरेको हो । विद्यालयको वातावरणलाई सफा र स्वच्छ […]