एमालेले सरकारबाट बाहिरिँदाको पीडा संसद् अवरोध गरेर पोख्यो : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारबाट बाहिरिँदाको पीडा संसद् अवरोध गरेर पोखेको आरोप लगाएका छन्। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले एमालेलाई लक्षित गर्दै सत्ताबाट बाहिरिँदाको पीडा संसद् अवरोध गरेर नहुने बताएका हुन्। सरकारलाई मात्रै दोष दिएर नहुने भन्दै प्रतिपक्षले पनि आफूभित्रको कमजोरी हेर्नुपर्ने नेपालले बताए।  ‘सत्ताबाट हट्नुपर्ने पीडालाई यसरी सदनला

सम्बन्धित सामग्री

कम्युनिष्ट शक्तिबीच कार्यगत एकताको खाँचो छ : माधव नेपाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनप्रतिनिधिले जनताको समस्या केन्द्रित गर्ने संसद् प्रतिपक्षीको कारण राम्रोसँग चल्न नसकेको बताएका छन् । समाजवादी प्रेस सङ्गठनको दोस्रो स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले प्रतिपक्षीले गरेको संसद् अवरोध ठीक तथा बेठीक थियो भन्ने समाचार नागरिकलाई सञ्चार जगत्ले प्रवाह गर्नुपर्ने बताए । उनले अहिलेसम्मका राजनीतिक उपलब्धि रक्षाका […]