निर्वाचन गराउन नसके सरकार असफल हुने भएका कारण असफलताको धब्बा बाेकिंदैन: गृहमन्त्री अर्याल

काठमाडाैं । गृह एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले सरकारको मुख्य काम नै संसदीय निर्वाचन गराउनु रहेको स्पष्ट पार्नुभएको छ । निर्वाचन आयोगका पदाधिकारीहरुसँगको छलफलका क्रममा बिहीबार गृहमन्त्री अर्यालले निर्वाचन गराउन नसके वर्तमान सरकार असफल हुने उल्लेख गर्दै असफलताको धब्बा नबोक्ने बताउनुभएकाे हाे । निर्वाचनप्रति विभिन्न किसिमका शंका नगर्न पनि उहँले आग्रह गर्नुभयो […]