काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनबाट निर्वाचित १९ पदाधिकारीमध्ये उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले सबैभन्दा धेरै मत ल्याएका छन्। उनले १७३७ मत प्राप्त गर्दै अध्यक्षसहित अन्य सबै पदाधिकारीलाई पछि पारेका छन्। अध्यक्ष केपी शर्मा ओली १६६३ मतसहित तेस्रो स्थानमा रहँदा उपाध्यक्ष विष्णुप्रसाद पौडेल १६७५ मतसहित दोस्रो स्थानमा छन्। उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ १५१६ मतका साथ चौथो स्थानमा […]