काठमाडौं। नेपाल जितविहीन हुँदै एसीसी यु–१९ एसिया कपबाट बाहिरिएको छ। यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको नेपालले बुधबार अन्तिम खेलमा अफगानिस्तानसँग ६ विकेटको हार बेहोरेको हो। नेपालले दिएको १२५ रनको लक्ष्य अफगानिस्तानले २६.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो। योसँगै अफगानिस्तानले समूह ‘बी’ मा २ अंक जोड्दै प्रतियोगिता सक्काउको छ। यस समूहबाट श्रीलंका र बंगलादेश यसअघि […]