शहिद स्मारक लिगका क्लबहरूले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रदर्शनी

काठमाडौँ। शहिद स्मारक लिगका क्लबहरूले आज बिहान सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रदर्शनी गरेका छन्। लिगका सबै प्रतियोगिता समयमै गर्न, ए डिभिजन क्लबहरूसंगको सम्झौता कार्यान्वयन गर्न र अन्तराष्ट्रिय मापदण्ड अनुसार लिग प्रतियोगिता संचालन गर्न माग गर्दै उनीहरुले विगत केही महिना देखि प्रदर्शनी गर्दै आएका छन्।