प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारको मागः नरोत्तम वैद्यलाई कारबाही गरियोस्

काठमाडौं। प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले नरोत्तम वैद्यलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्ने माग गरेका छन्। प्रधानमन्त्रीलाई हत्या गर्छु भन्ने वैद्यले प्रतिक्रिया स्वरुप मात्र बोलेको नभइ सोचेरै बोलेको उनले बताए। उनले ट्वीट गर्दै भनेका छन्,"औपचारिक सभामा रेकर्डसहित बोलेको विषयलाई कानुनी दायरामा ल्याइ कारबाही गरियोस्।" कांग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीलाई हत्या गर्न नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए।