असाम र मिजोरम राज्यका प्रहरीबीच गोली हानाहान

एजेन्सी। भारतको असाम र मिजोरम राज्यका प्रहरीबीच गोली हानाहान हुँदा पाँच जना प्रहरीको मृत्यु भएको छ। उत्तर पूर्व भारतको मिजोरम र असाम राज्यको सीमा क्षेत्रमा उक्त घटना भएको हो। बिबिसीका अनुसार मृत्यु भएका पाँचै जना प्रहरी असाम राज्यका हुन । दुवै राज्यमा महिनौँ देखिको सीमा विवादपछि उक्त घटना घटेको हो ।

सम्बन्धित सामग्री

दुई राज्यका प्रहरीबीच गोली हानाहान, पाँचको मृत्यु

भारतको असाम र मिजोरम राज्यका प्रहरीबीच गोली हानाहान हुँदा कम्तिमा पाँच जना प्रहरीको मृत्यु भएको छ । उत्तर पूर्ब भारतको मिजोरम र असाम राज्यको सीमा क्षेत्रमा उक्त घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । मृत्यु भएका पाँचै जना प्रहरी असाम राज्यका हुन । दुबै राज्यका अधिकारीसँगै मुख्यमन्त्रीले एक अर्कालाई उक्साहटले हिंसा निम्तिएको आरोप लगाएका छन् । दुबै राज्यमा महिनौदेखिको सीमा विवादपछि उक्त घटना भएको हो । असाम र मिजोरमबीच १६४ किलोमिटर सीमा जोडिएको छ । सीमाङ्कनको विषयलाई लिएर दुबै राज्यबीच पटक पटक विवाद हुँदै आएको छ ।