हलगोरु पाल्ने किसानलाई १० हजार रुपैयाँ अनुदान

२१ भदौ, तनहुँ । म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई १० हजार रुपैयाँ अनुदान दिने भएको छ । पछिल्लो समय गाउँपालिकामा हाते ट्र्याक्टरको प्रयोगले गोरुपालनलाई विस्थापित गर्दै लगेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले किसानलाई गोरुपालनमा प्रोत्साहन गर्न अनुदान दिने कार्यक्रम ल्याएको जानकारी दिए । यसका लागि गाउँपालिकाले हलगोरु पाल्ने किसानको तथ्यांक स‌ंकलन गर्ने […]