स्वागत गरौं तिहारलाई (कविता)

अच्युत मान सिंह प्रधान "उत्सुक्" आयो तिहार नजिकै, सबै नेपालीको घर घरमा। छायो हर्ष र उमङ्ग, सबैको मन मनैमा। लिपेका छ्न रातो माटो र गाईको गोबरले, सबैको घर आगनमा। पाकेका छ्न् सेल रोटी, सबैको भान्छा कोठामा। गरेका छ्न दिपावली, साझ पख दियो बाली घर घरमा। बालेका छ्न झिलिमिली बत्ति, शहर बजार जहाँ तही नै। सजिएका छ्न शहर बजार सबै, झकि झकाउ गरि। भरिएका छ्न् बजार सबै, तिहारको सामग्रीले। बजार सब तिर भिड्भाड छन्, तिहारको किनमेलले। रमाईलो गरी खेल्छ्न् देउसी भैलो, घर घर गई तिहार भरि। काग,...