काठमाडौं– नेपाली कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिले फाराम वितरणको काम सुरु गरेको छ । ५ बजेपछि मात्रै फाराम बुझ्ने काम गरिने निर्वाचन समितिले जानकारी दिएको छ । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
काठमाडौं- चौधौँ महाधिवेशनबाट सभापति बनेका शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा बलियो पकड राखेका थिए । ७० प्रतिशतभन्दा धेरै केन्द्रीय कार्यसमिति सदस्य आफ्नो पक्षमा कायम राखेर पार्टीमा एकछत्र शासन गरिरहेका देउवालाई महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले अप्रत्यासिहत धक्का दिएका छन् । गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा निजी निवास बूढानीलकण्ठमै पत्नी डा. आरजु […]
काठमाडौँ। प्रहरीले बाराबाट २०३.८५० किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ। बाराको जितपुर सिमरा उपमहानगरपालिका १८‚ बडर्वाबाट प्रहरीले मंगलबार गाँजासहित गाडीका चालकलाई नियन्त्रणमा लिएको छ। बीएसी २३४३ नम्बरको पिकअप गाडी जाँचका क्रममा गाँजा फेला परेको प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए। पक्राउ पर्नेमा मनहरि गाउँपालिका ६‚ मकवानपुरका २४ वर्षीय गाडीचालक निशानबहादुर सेन्चुरी छन्। कुँवरका अनुसार गाडीको […]
काठमाडौं– चितवन र मकवानपुरका साना तथा मझौला उद्योगहरूको अवस्थाबारे नेपाल राष्ट्र बैंकले गरेको विशेष अध्ययनले ५२.७ प्रतिशत उद्योगको व्यावसायिक कार्यसम्पादन खस्कँदै गएको देखाएको छ । नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेका लघु, साना तथा मझौला उद्यमहरू चितवन र मकवानपुर जिल्लामा चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको पाइएको छ । नेपाल राष्ट्र बैंक, वीरगञ्ज कार्यालयले गरेको एक विशेष अध्ययन अनुसार […]