कृषिमा भएको क्षतिको क्षतिपूर्तिसहित पुनःस्थापना कार्य अगाडि बढाउन समावेशी आयोगको अपिल

राष्ट्रिय समावेशी आयोगले प्राकृतिक विपद्बाट कृषि क्षेत्रमा परेको क्षतिको क्षतिपूर्तिसहित पुनःस्थापना कार्यलाई अगाडि बढाउन सरकारसँग अपिल गरेको छ ।  शुक्रवार प्रेस नोट जारी गर्दै आयोगले अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो र डुबानले देशका विभिन्न भाग गरेको क्षतिप्रति दुःखसमेत व्यक्त गरेको छ ।  ‘प्राकृतिक विपदका कारण भएको मानवीय तथा भौतिक क्षति र थप जोखिम हुन नदिन प्रभावित नागरिकको जिउधनको सुरक्षा, आधारभूत आवश्यकताको परिपूर्ति गर्न खोज, उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण, उपचार, राहत वितरणका साथै आगामी दि...