अछाममा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, १६ जना घाइते

काठमाडौँ। अछाममा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। पञ्चदेवल विनायक नगरपालिका– ४ टोट्केसालमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बुधबार दिउँसो मलामी बोकेको भे १ त ८९३७ नम्बरको ट्रयाक्टरको ट्रली सडकमा पल्टिएको थियो। मृत्यु हुनेमा पञ्चदेवल विनायक नगरपालिका–४ का ३५ वर्षीय तारा धमाला र ४४ वर्षीय अमर धमाला रहेका छन्।