'बी' डिभिजन लिग : सरस्वती र झम्सिखेलकाे बराबरी, मध्यपुरले सामाजिक युवालाई ५–२ ले हरायाे

काठमाण्डाै - सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबल अन्तर्गत आज सरस्वती युथ क्लब र झम्सिखेल युथ क्लबले बराबरी खेलेका छन् । एन्फा कप्लेक्स सातदोबाटोमा आज भएको खेलमा सरस्वती र झम्सिखेलले १–१ गोलको बराबरी खेलेका हुन्। खेलको २२ औँ मिनेटमा सञ्जीव लामाले गोल गर्दै सरस्वतीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको पहिलो हाफको इन्जुरी समयमा तीर्थ बहादुर बस्नेतले गोल गर्दै झम्सिखेललाई १–१ गोलको बराबरीमा ल्याए । एन्फा कम्पलेक्समै आजै  भएको अर्को खेलमा  मध्यपुर युथ एसोसिएशनले विजयी सुरुआत गरेक...