संवैधानिक इजलाससम्बन्धी सर्वोच्चको अन्तरिम आदेशविरुद्ध भ्याकेट निवेदन

प्रधानन्यायाधीशबाहेकको संवैधानिक इजलास गठन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशविरुद्ध भ्याकेट निवेदन परेको छ ।  शुक्रवार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले भ्याकेट निवेदन दिएका हुन् । तर, दर्ता भने नभइसकेको उनले जानकारी दिए ।  अध्ययनपश्चात आइतवार उक्त भ्याकेट निवेदन दर्ता हुने/नहुने भन्ने विषयमा टुंगो लाग्ने त्रिपाठीको भनाइ छ ।  संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र सो का आधारमा गरिएको नियुक्तिविरुद्धको रिटको सुनुवाइ प्रधानन्यायाधीश विनाको संवैधानिक इजलासमा नगर्न अदालतले अन्तरिम आदेश दिएको थियो ।&nb...

सम्बन्धित सामग्री

कर्णाली प्रकरण : सर्वोच्चको अन्तरिम आदेश बदरको माग गर्दै ओली अदालतमा

कर्णाली प्रदेश सभाका चार जना सांसदलाई पुनर्बहाली गर्ने सर्वोच्चको अन्तरिम आदेश बदरको माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुनरावेदन निवेदन (भ्याकेट) दर्ता गरेका छन् ।  प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले दिएको अन्तरिम आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा भ्याकेट निवेदन दिएको ओलीका कानुन विज्ञ बाबुराम दाहालले जानकारी दिए ।उनका अनुसार उक्त निवेदनको पेशी मंगलबार तोकिएको छ । निवेदनमा नेकपा एमालेको केन्द्रीय कमिटी नै