काठमाडौँ – एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिका लागि आफू आकांक्षी नरहेको बताएका छन्। बिहीवार प्रतिनिधिसभा सदस्यको शपथग्रहणपछि संघीय संसद भवनबाहिर पत्रकारसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले आफू राष्ट्रपति नबन्ने संकेत गरेका हुन्। नेपालले यसअघि २०६४ र २०७२ सालमा आफूलाई राष्ट्रपतिको लागि प्रश्ताव गर्दा अस्वीकार गरेको स्मरण गरे। ‘हामीले छलफल प्रारम्भ गरेकै छैनौँ। यो […]