काठमाण्डाै - नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा आफ्नो भूमिका नहुने स्पष्ट पारेको छ ।
नेपाल आयल निगम लिमिटेडका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोल, डिजेललगायतका पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा नेपाल सरकार र आयल निगमको ठूलो भूमिका नहुने बताउनुभएको हो ।
उहाँले आयल निगमले बिक्री गर्ने तेलको मूल्य निर्धारण स्रोतमा हुने मूल्यको घटबढले निर्धारण गर्ने स्पष्ट पार्नुभयो । डलरको रेट, क्रुड आयलमा बढ्ने रेट र ढुवानीको खर्चले पेट्रोलियम पदार्थको मूल्यलाई घटबढ गराउने उहाँकाे भनाइ छ...