लैङ्गिक अल्पसंख्यकलाई अग्नि नियन्त्रण तालिम

धनगढी उप-महानगरपालिकाले लैङ्गिक अल्पसंख्यकका लागि घरेलु आगलागी नियन्त्रण तालिम आयोजना गरेको छ ।  यूरोपेली आयोगको आर्थिक सहयोग, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र नेपाल रेडक्रस सोसाइटी कैलालीको प्राविधिक सहयोगमा सञ्चालित सहरी विपद् तथा भूकम्प पूर्वतयारी परियोजना (सुपर)को सहकार्यमा उक्त तालिम धनगढीमा आयोजना गरिएको हो। प्राइड मन्थको समयमा सुदुरपश्चिम समाजको समन्वयमा उक्त तालिम गरिएको थियो। बढ्दो शहरीकरणले आगलागीको जोखिम उच्च छ। धनगढी जस्ता प्रमुख शहरमा जनसंख्याको उच्च चाप, प्रावि