नक्कली कागजात बनाएर ७४ लाख ठगी गर्ने तीन जना पक्राउ

साउन ८,  काठमाडौं । प्रहरीले कामदार भिसामा अमेरिका पठाउने भन्दै विभिन्न व्यक्तिसँग ७४ लाख ९ हजार ५०० ठगी गर्ने तीन  जना व्यक्तिलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको टोलीले ‘वर्किङ भिसा’मा अमेरिका पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग ठगी गर्ने कपिलवस्तुका २४ वर्षीय विकास भनेर चिनिने विनोद भुसाल, कास्कीका ३१ वर्षीय पुकार गुरुङ र कास्कीका ३० वर्षीय प्रकाश गुरुङलाई बिहीबार पक्राउ गरी शुक्रवार सार्वजनिक गरेको हो ।             ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार अमेरिकामा रहेकी दिव्या राणाले कृषि फर्ममा ‘वर्क पर्मिट भिषा’ दिलाउँछु भनी प्रलोभन देखाएकी थिइन् । काठमाडौंमा रहेका भुसाललाई सम्पर्क गरेर तिनैमार्फत ठगी गरिएको थियो ।             पक्राउ परेकाले पीडितलाई अमेरिकन राजदूतावास काठमाडौंको नक्कली कागजात बनाई ठगी गरेको अनुसन्धानमा खुलेको उनले बताए । पक्राउ परेका भुसालले यसअघि अमेरिकामा थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भनी २५ लाख रुपैयाँ ठगी गरेको कसूरमा जिल्ला प्रहरी कार्यालय दाङले ठगी मुद्दामा कारवाही गरेको थियो ।  रासस

सम्बन्धित सामग्री

मलेसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ- वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका –१ स्थाई घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं.३ बाँसबारी बस्ने वर्ष ३८ वर्षीय हरी बहादुर मगर रहेका छन् ।  उनले सृजना राईलाई वैदेशिक रोजगारीको लागि मलेसिया पठाइदिन्छु रकम लिई सम्पर्क विहीन भएका थिए […]

अनलाइनमार्फत ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ। अनलाइनमार्फत रकम ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका-१४ घर भई हाल काठमाडौंको सुन्धारामा बस्‍ने २३ वर्षीय युवक धर्मेन्द्र कुमार साह रहेका छन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले सुन्धाराबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले सामाजिक सञ्जाल फेसबुकमार्पत केटी साथी बनाई साथीको अनुमती नलिइकनै मोबाइल […]

अमेरिकी डलर देखाएर ठगी गर्ने ४ जना पक्राउ

मकवानपुर – हेटौँडा उपमहानगरपालिका १७ सालक पार्कमा अमेरिकी डलर देखाएर ठगी गर्ने चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेका व्यक्ति, डलर र मोटरसाइकल आज बिहीवार पत्रकार सम्मेलन गर्दै सार्वजनिकसमेत गरेको छ । हिजाे बुधवार दिउँसो अमेरिकी डलर देखाइ ठगी गर्ने चार जनालाई पक्राउ गरिएको र अर्का  एक जना भने फरार रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिनुभयाे ।  पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ३ बस्ने २१ वर्षीय सोमबहादुर...

अमेरिका,पोर्चुगल पठाईदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं, १२ मंसिर । अमेरिका तथा पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । अमेरिका तथा पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा रामेछाप, रामेछाप नगरपालिका–५ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–५ बस्ने ३४ वर्षीय योगेश राज श्रेष्ठ र सर्लाही हरिपुर नगरपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–३२ सुविधानगर तिनकुने बस्ने ३० […]

क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ- रोजगारीका लागि क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनकुटास्थायी घर भई हाल काठमाडौँको भिमसेनगोला बस्ने ३८ वर्षीय शान्तकुमार देवान रहेका प्रहरीले जनाएको छ। उनले रोजगारीका लागि क्रोएसिया पठाइदिन्छु र राम्रो काम लगाइदिन्छु भन्दै गोकुल भण्डारीसँग दुई लाख रुपैयाँ ठगी गरेका थिए। वर्किङ भिसामा क्रोएसिया जानको लागि प्रतिव्यक्ति […]

डलर साट्ने बहानामा ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभन देखाएर ठगी गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ थला डाँडा घर भई काठमाडौं बौद्ध आरुबारी बस्ने समिर भन्ने ३२ वर्षीय संजय तामाङ र ललितपुर धापासीहाइट बस्ने ३१ वर्षीय विष्णु तामाङ रहेका छन् । प्रहरीले सोमबार दिउँसो काठमाडौँको विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ […]

अनलाइनबाट ठगी गर्ने एक जना पक्राउ

सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गर्ने एक जना पक्राउ परेका छन् । सामाजिक सञ्जालबाट ठगी गर्दै आएका मोरङको रंगेली नगरपालिका- ६ का २० वर्षीय धिरेन कुमार मण्डललाई प्रहरीले पक्राउ गरेकोे हो ।प्रहरीका अनुसार मण्डलले लक्की ड्रमार्फत चिट्ठा परेको भन्दै विभिन्न व्यक्तिबाट दुई लाख एक हजार ठगी गरेका छन् । उनलाई प्रहरीले आइतबार पक्राउ गरी आज महानगरीय प्रहरी परिसर काठमाण्डौं पठाएको छ ।

इसेवाको कर्मचारी भन्दै ७ लाख ठगी गर्ने २ जना पक्राउ

इसेवाको कर्मचारी भन्दै ठगी गर्ने २ जना पक्राउ परेका छन् । महानगरी अपराध महाशाखाले इसेवाको कर्मचारी भन्दै ठगी गर्ने रौतहट घर भई हाल विरगंजका सुभम साह र सर्फराज आलमलाई फागुन ८ गते पक्राउ गरेको हो ।  इसेवाले बोनस बाडदै छ भन्दै आफ्नै इसेवामा ५० हजार रकम जम्मा गरेमा २,५०० बोनस पाईन्छ भनी ९८२९४०२०४९ नम्बरबाट इसेवाको कर्मचारी बोलेको भनी रकम गर्न लगाएको प्रहरीले जनाएको छ । उक्त...

धनुषामा सरकारी दस्तखत छाप किर्ते र ठगी गर्ने एक जना पक्राउ

धनुषा– धनुषामा सरकारी दस्तखत छाप किर्ते र ठगी गर्ने एक जना पक्राउ परेका छन् । छाप किर्ते गरी ठगी गर्ने धनौजी गाउँपालिका–१ का २५ वर्षीय शहादत राइन पक्राउ परेका हुन् । उनलाई जनकपुरधाम उपमहानगरपालिका–२ कदम चोकबाट पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ । राइनले धनौजीका १९ वर्षीय बबलु पासमान, २० वर्षीय पारसकुमार पासवान र दिपेशकुमार […]

'सादा पोशाकमा खटिएको प्रहरी हुँ' भन्दै ठगी गर्ने दुई जना पक्राउ

कैलालीमा 'सादा पोशाकमा खटिएको प्रहरी हुँ' भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन्।