एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङलाई भने – ‘आज आइतबार साझ ५ बजे स्थायी समिति बैठक बस्ने खबर सबै सदस्यहरुलाई जानकारी दिनू ।’अध्यक्ष ओलीको निर्देशनअनुसार तामाङले आइतबार दिउँसो १२ बजे नै स्थायी समितिका सदस्यहरुलाई ५ बजे बैठक बस्ने तय भएको जानकारी गराए ।तामाङले सदस्यहरुलाई यस्तो खबर पठाएको केही क्षणमै फेरि प्रधानमन्त्रीको सचिवालयबाट अर्को खबर आयो– आज बैठक बस्न नभ्याइने भयो, आजको बैठक भोलि बिहान १० बजे