८७ कम्पनीलाई कर र भ्याट तिर्न १५ दिने अल्टिमेटम

सरकारले समयमै कर दाखिला नगर्ने र मूल्य अभिवृद्धि कर (भ्याट) विवरण नबुझाउने ८७ कम्पनी र सञ्चालकको नाममा सार्वजनिक सूचना जारी गरेको छ । आन्तरिक राजस्व कार्यालयले बक्यौता कर तिर्न ताकेता गर्दै ८७ कम्पनीको नाममा सूचना जारी गरेको हो । आन्तरिक राजस्व कार्यालय भद्रपुरले ३२ कम्पनी र महेन्द्रनगरले ५५ कम्पनीलाई बक्यौता कर तिर्न सार्वजनिक सूचना जारी गरेका छन् ।