चेल्सीको संघर्षपूर्ण जित, टोटनहम दोस्रो स्थानमा उक्लियो

काठमाडौं । वेस्ट ह्यामका म्याक्सवेल कोर्नेटले अन्तिम समयमा गरेको गोललाई भिडियो सहायक रेफ्री (भीएआर)ले मान्यता नदिएपछि चेल्सी शनिबार राति इंग्लिस प्रिमियर लिग फुटबलमा २–१ ले विजयी भएको छ । चेल्सीको घरेल मैदान स्टामफोर्ड ब्रिजमा वेस्ट ह्यामले ६३औँ मिनेटमा मिचाइल एन्टोनियोको गोलबाट अग्रता लिएको थियो । ७६औँ मिनेटमा चेल्सीका बेन चिलवेलले बराबरी...